Karnali Click

प्रधानमन्त्रीले आज विस्वासकाे मत लिने।

काठमाडौं पुस 26-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसदमा विश्वासको मत लिने भएका छन् ।आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने भएका छन। नेपालको संविधानको धारा ७६ (२) अनुसार निर्वाचित प्रधानमन्त्रीले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए भने ११ पुसमा शपथ लिएर कार्यभार सम्हालेका प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा एमालेसहित सात दल र तीन स्वतन्त्र सांसदले समर्थन गरेका थिए । उनको पक्षमा १६९ मत छ ।  विश्वासको मतका लागि न्युनतम १३८ मत चाहिन्छ ।तर खसीको टाउकाे देखाएर कुकुरको मासु बेच्ने भनेर आलोचना खेप्ने गरेकाे संसदमा कसले कुन स्वार्थमा मत दिन्छ यकिन गरेर भन्न सकिन्न ।प्रचण्डले विस्वासकाे मत सजिलै पाउने देखिए पनि धेरै पार्टीहरुकाे विस्वास लिनु पर्ने भएकोले  कुनकुन  पार्टी लाई भाग मिलाउने हाे गाह्रो देखिन्छ ।             

The post प्रधानमन्त्रीले आज विस्वासकाे मत लिने। appeared first on Nepa Sanchar.

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *