Karnali Click

ट्याक्सी दुर्घटनामा ५ जनाको मृत्यु  एकजना बेपत्ता

१७ चैत, काठमाडौं । त्रिशूलीमा ट्याक्सी खसेर मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ । काठमाडौं बाट गोरखा जाँदै गरेको बा२ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान इच्छाकामना-५ नाग्दी खोला पुल नजिकैबाट त्रिशूलीमा खस्दा पाँच जनाको मृत्यु भएको थियो।

प्रहरीका अनुसार दुर्घटनामा गोरखा नगरपालिका-४ फिनाम की ७० वर्षीया जुनकुरी रोका, हरिमाया रोका, याङ्कोटककी २८ वर्षीया अन्जना रोका, चालक गोरखाकै ३५ वर्षीय अर्जुन सिर्मल र ८ वर्षीय आगमन उपरकोटी रहेका छन् दुर्घटनामा एक जना बेपत्ता भएका छन् । उनी पनि गोरखाकै फिनामका विवश रोका रहेको प्रहरीले जनाएको छ । बेपत्ता विवशको सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गरिरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख भावेश रिमालका अनुसार पारिवारिक कार्यक्रम सकेर काठमाडौं बाट तीन वटा गाडीमा फर्किंदै गर्दा दुर्घटना भएको हो ।अन्य दुई गाडी मुग्लिन आइपुगेपछि धेरै समय कुर्दा नआएपछि उनीहरुले प्रहरीलाई खबर गरेको रिमालले जानकारी दिए । खोज्दै जाँदा सडकको डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा झरेर हेर्दा ट्याक्सी खसेको भेटिएको उनले बताए ।

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *