Karnali Click

यस घडीमा कहिल्यै बज्दैन १२, कारण यस्तो

बिराटनगर /सामान्यतया जुनै घडीमा पनि १२ बज्छ । तर संसारमा यस्तो पनि घडी छ जसमा कहिले पनि १२ बज्दैन । यो अनौठो घडी स्विट्जरल्यान्डको सोलोथर्न शहरमा छ । त्यहाँको टाउन स्क्वेयरमा राखिएको घडीमा ११ अंक मात्र छन् । १२ नै छैन ।

त्यहाँका मानिसलाई ११ नम्बरसँग लगाव छ । उनीहरूले प्रत्येक डिजाइनलाई ११ अंक वरिपरि नै राखेका छन् । शहरमा चर्च र च्यापलहरू पनि ११–११ वटा नै छन् । अनि संग्रहालय, ऐतिहासिक झरना र टावर पनि ११ छन् ।

शताब्दियौं पुरानो मान्यताका कारण त्यहाँका मानिस ११ अंकप्रति आसक्त भएका हुन् । कुनै समयमा सोलोथर्नका मानिस निकै मेहनत गर्थे तर उनीहरूको जीवनमा खुशियाली थिएन । केही समयपछि त्यहाँ पहाडतिरबाट एल्फ (चमत्कारी जीव) आए अनि मानिसहरूलाई हौसला दिन थाले । एल्फ आएपछि उनीहरूको जीवनमा खुशियाली छायो । जर्मन भाषामा एल्फको अर्थ ११ हुन्छ । त्यसपछि सोलोथर्नका मानिसले एल्फहरूलाई ११ सँग जोडे र त्यसलाई महत्त्व दिन थाले ।

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *