Karnali Click

प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग गरे भेटघाट

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरेका छन् । मा‌ओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा निवर्तमान उपप्रधानमन्त्री नारायणकाजीलाई साथमा लिएर प्रधानमन्त्री दाहाल काठमाडौंको कोटेश्वरस्थित नेपाल निवास पुगेका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार पूर्वप्रधानमन्त्री नेपालको स्वास्थ्यलाभको कामना गर्नका लागि दाहाल कोटेश्वर पुगेका हुन् । दाहालले सोमबार साँझ नेपालसँग भेटघाट गरेका हुन् ।

एमाले र माओवादी केन्द्रसहितको सत्ता गठबन्धन बनेपछि प्रधानमन्त्री दाहाल एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेट्न गएका हुन् । उक्त गठबन्धनमा एकीकृत समाजवादी जाने कि नजाने भन्ने यकिन भइसकेको छैन । माओवादीले भने एकीकृत समाजवादीलाई पनि गठबन्धनमा सहभागी गराउनुपर्ने निर्णय गरेको छ ।

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *