Karnali Click

६ दिनदेखी हरायका सुनिल आचार्य मृत भेटिए

जाजरकोटमा ६ दिनदेखि हराएका एक युवक मृत अवस्थामा भेटिएका छन । चैत्र २५ गतेदेखिएकासी बेपत्ता भएका भेरी नगरपालिका ४ बोहरागाउँका सुनिल आचार्य खलंगाबाट बोहरा जानेबाटोको बिचमा पर्ने खहरेखोलाको भिरमा आज मृत अवस्थामा भेटिएका हुन आइएमई लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड जाजरकाटको शाखा प्रमुख पदमा कार्यरत आचार्य२५ गते बिहान ९ बजे तिर घरबाट निस्केका थिए । मोटरसाइकल र मोबाइल समेत घरमै छोडेरकसैलाई जानकारी नगराएर निस्केका आचार्य सडकदेखि करीब २ सय मिटर तल भिरमा मृतअवस्थामा भेटिएका हुन ।

आचार्यको भिरबाट लडेर मृत्यु भएको अनुमान गरेर घटना स्थलमै वडा अध्यक्ष को रोहबर मा मुचुल्का उठाइ सबको पोस्ट मार्टम गर्नका लागि जाजरकोट जिल्ला अस्पताल मा लगियको  प्रहरिले जनायको छ ।  कार्यालयको काममा निस्केको होला भन्ने ठानेर २/३ दिन पर्खेको रत्यसपछि लगातार खोजिकार्य गर्दा आज मृत अवस्थामा फेला पारेको परिवारले जनाएको छ ।

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *