Karnali Click

नक्कली भुटानी शरणार्थी प्रकरण: एमाले नेता रायमाझीसहित सात जना जेलमै रहने

काठमाडाैँ । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेलमा रहेका एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ७ जनालाई रिहा गर्न अस्विकार गरेकाे छ । न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले उनीहरुलाई धरौटीमा वा सामान्य तारेखमा छाड्न अस्वीकार गर्दै उच्च अदालत पाटनकै आदेश सदर गरेको सर्वोच्चले जनाएको छ । यससँगै रामाझीसहित तत्कालिन गृहसचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपी केशव दुलाल, सानु भण्डारी, सागर राई र सन्देश शर्मा मुद्दाको अन्तिम किनारा नलाग्दासम्म जेलमै रहने भएका छन् ।

जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि रायमाझीले पुनरावेदन गरेका थिए ।

सर्वोच्चले यही  मुद्दामा जेलमा रहेका पूर्वसांसद एवम् कांग्रेस नेता आङटावा शेर्पालाई भने ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । शेर्पालाई जिल्ला अदालत र उच्च अदालतले थुनामै राख्नुपर्ने आदेश दिएका थिए । यस्तै उच्च अदालतले थुनामा पठाएका गोबिन्दकुमार चौधरी र तत्कालिन हज समितिका अध्यक्ष शमशेर मियालाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । 

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *