Karnali Click

शेयर बजार लगातार पाँचाैँ दिन घट्याे

२०८०चैत २२गते । शेयर बजार लगातार पाँचौँ दिन आज पनि घटेको छ । गएको आइतवारदेखि ओरालो लागिरहेको शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ७३ अङ्कले घटेर दुई हजार चार दशमलव शून्य पाँच विन्दुमा झरेको छ ।

आज फाइनान्स, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, निर्जीवन र व्यापारबाहेक सबै समूहको शेयर घटेको छ । आज उत्पादन तथा प्रशोधन समूहको शेयर सबैभन्दा धेरै एक सय १० अङ्कले ओरालो लागेको छ ।

आज पिपुल्स पावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन मानुषी लघुवित्त र मनकामना स्मार्ट लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

बजार घटे पनि आज कारोबार रकममा भने सुधार भएको छ । दुई साढे दुई अर्बको कारोबार भएकोमा आज तीन सय दुई वटा कम्पनीको ६९ लाख ६३ हजार कित्ता शेयर तीन अर्ब तीन करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै गुर्खाज फाइनान्स कम्पनीको २३ करोड ३२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *