Karnali Click

एक हप्तासम्म देशका केही ठाउँमा हावाहुरी, चट्याङ र वर्षाको सम्भावना

जाजरकोट – आजदेखि आउँदो एक हप्तासम्म देशका बिभिन्न ठाउँमा हावाहुरी, चट्याङ  र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले गरेको साप्ताहिक मौसम पूर्वानुमान अनुसार शुरुमा पश्चिमी वायू तथा हप्ताभर नै स्थानीय वायूको प्रभाव रहने सम्भावना छ ।

यो हप्ताको शुरुमा गण्डकी र कर्णाली प्रदेशको पहाडी भेगका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङ्गसहित  हल्कादेखि मध्यम वर्षा तथा बाँकी पहाडी भेगका  एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित  हल्का वर्षाको सम्भावना रहेको छ । हप्ताको मध्य र अन्त्यमा देशका पहाडी भेगका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित  हल्का वर्षाको सम्भावना रहेको छ । बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भेगका थोरै ठाउँहरुमा साताभर नै हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार देशका धेरै ठाउँहरुमा उच्चतम तापक्रम र न्यूनतम तापक्रम हल्का बढ्ने सम्भावना रहेको छ । पूर्वी तराईको तुलनामा मध्य र पश्चिम तराईमा उच्चतम तापक्रम अलि बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज गण्डकी, कर्णाली र सुदूरपश्चिम, कोशी र बाग्मती प्रदेश लगायत पहाडी भेगका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

महाशाखाकाअनुसार  कोशी, गण्डकी र कर्णाली प्रदेशसहित उच्च पहाडी र हिमाली भेगका एक, दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहको छ । हिजो गण्डकी प्रदेशका कास्की, गोरखा, मनाङ लगायतका एक, दुई ठाउँमा मध्यम वर्षा भएको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।

केही दिनदेखि देशका सबै ठाउँमा गर्मी बढेको छ । तराईमा तापक्रम ३५ देखि ४० डिग्री सेल्सियससम्म पुगेको छ । भैरहवा, धनगढी, नेपालगञ्ज र जनकपुरको तापक्रम  ३८ डिग्री सेल्सियसभन्दा बढी पुगेको छ । 

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *