Karnali Click

प्रधानमन्त्रीले बाेलाए मन्त्रीपरिषदकाे आकस्मिक बैठक।

काठमाडौं माघ 1-काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाजको दुखद र त्रासदीपूर्ण दुर्घटनाप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्। दुर्घटनाप्रति प्रचण्डले दुख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन्। दुर्घटनाको बिवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल प्रस्थान गरेका छन्। अहिलेसम्म दुर्घटनामा परेर 30 जनाकाे मृत्यु भएको खबर आएकाे छ।अन्य यात्रुहरुकाे अवस्था पनि सुखद हाेला भन्ने आशा कम रहेकाे दुर्घटना स्थलबाट रिपोर्टिङ गरिरहेका संचारकर्मी हरुले बताएका छन।अहिले नेपाली सेना,शसस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन।पाेखरा महानगरपालिका र विमानस्थल काे दमकलले आगाे नियन्त्रण गर्ने काेसिस गरिरहेका छन।                                         

The post प्रधानमन्त्रीले बाेलाए मन्त्रीपरिषदकाे आकस्मिक बैठक। appeared first on Nepa Sanchar.

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *