Karnali Click

बालेन भर्सेज बिशाल ।रक्सी खाएर दुख दिएको आराेप।

काठमाडौं माघ 7-महानगरको कार्यशैलीप्रति प्रश्न उठ्न थालेपछि असंयमित बन्दै मेयर बालेन शाह, ओठे जवाफ फर्काई हाल्नु पर्ने साहकाे बानीले उनको लाेकप्रियतामा असर पर्ने निश्चित । काठमाडौं महानगरपालिका भित्र व्यवस्थापन विनै जथाभाबी डोजर चलाएको विषयमा प्रश्न गर्नेहरूलाई मेयर बालेनले अमर्यादित जवाफ दिंदै प्रतिप्रश्न गरेका छन् ।सरकारको विभिन्न सरकारी कार्यालयहरुमा आम जनताको काम समयमा नहुने साथै धेरै सुशासनको कुरामा सुधार गर्नु पर्ने छ।तर काम भन्दा पनि चर्चा बढी पाएका काठमाडौंका मेयर साह उनको कमिकमजाेरी भएको भन्ने सुन्न सम्म चाहनन्।शाहलाई शुक्रबार राति मात्रै चलचित्र निर्देशक तथा ‘कमेडी क्लब विथ च्याम्पियन’का निर्माता तथा कार्यक्रम संचालक  विशाल भण्डारीले भत्काउनबाहेक बनाएको देखिएन भन्ने प्रश्न गर्दा मेयर साहले आफ्नो जिम्मेवारीकाे भन्दा पनि प्रश्न दवाउने खालको गैरजिम्मेवारी जवाफ दिएका छन् ।सार्वजनिक रुपमा प्रश्न गरेका भण्डारीलाई मेयर शाहले व्यक्तिगत लाञ्छना र उनको व्यवसाय माथि उल्टो प्रश्न गर्दै कमेन्टमा लेखेका छन् , तिम्रो शो पैसाको भोटले जितिन्छ । तिमी पैसा कमाउन आएको हौ । तिम्रो अस्तित्व पैसा बाहेक केही छैन । तिमी जस्तो बिकाउ मान्छेलाई जवाफ दिन जरुरी छैन ।जवाफ दिन जरुरी छैन भने पनि शाहले अप्रासंगिक जवाफ फर्काएका छन।

विशाल भण्डारीले सेयर गरेका प्रश्न र मेयर शाहको जवाफमा सामाजिक सन्जालमा लामै बहस भएको छ।  त्यसपछि निर्देशक भण्डारीले अर्को स्टाटस लेखेर आफ्नो प्रश्न दोहोर्‍याएका छन् – मैले प्रश्न सोधेको हो । भत्काउनुबाहेक के बनाउनुभयो ?पहिलो प्रश्नको उत्तर नपाएपछि दोस्रो स्टाटसमा भण्डारीले मेयर बालेनलाई श्री ८ को संज्ञा दिएका छन् ।दोस्रो प्रश्नमा मेयर शाहले थप आक्रामक हुँदै कमेन्ट गरेका छन् । निर्देशक भण्डारीलाई भाइ सम्बोधन गर्दै मेयर शाहले मदिरा पिएर लेखेको आरोपमात्रै लगाएका छैनन् । प्रश्न गरेर दु:ख दिएको बताएका छन् ।मेयर शाहले भण्डारीलाई प्रतिप्रश्न गर्दै लेखेका छन्, प्रश्न सोध्न पाइन्छ भाइ । काम गरिराखेको मान्छेलाई दारु खाएर रातिराति दु:ख दिन पाइँदैन । तिम्रो गाउँको मेयरले के गर्दैछ थाहा छ ? मेयर शाहले यसपटक मात्रै होइन यसअघि पनि आफूलाई प्रश्न गर्ने जोकोहीलाई पनि यस्तै जवाफ दिने गरेका छन् । उनी केही समयअघि धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ माथि पनि  खनिएका थिए ।सामाजिक सन्जालमा कसैले मेयर शाहलाई बदनाम गर्ने प्राेपाेगान्डा भनेका छन भने कसैले भन्डारीकाे समर्थन गर्दै मेयर शाहकाे बाेल्ने शैली ठिक नभएको बताएका छन।                           तर दुवैको आईडी सक्कली हाे जस्तो भने लागेको छैन।किनकि मेयर शाहकाे आईडी फेसबुकले भेरिफाईड गरेकाे छ।

The post बालेन भर्सेज बिशाल ।रक्सी खाएर दुख दिएको आराेप। appeared first on Nepa Sanchar.

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *