Karnali Click

प्रचण्डले पाए झन्डै सय प्रतिशत विस्वासकाे मत।

काठमाडौं पुस 26-नेपालको संविधानको धारा ७६ (२) अनुसार निर्वाचित प्रधानमन्त्रीले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए भने ११ पुसमा शपथ लिएर कार्यभार सम्हालेका प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा एमालेसहित सात दल र तीन स्वतन्त्र सांसदले समर्थन गरेका थिए ।तर आज भएको विस्वासकाे मतदानमा प्रधानमन्त्री प्रचण्डले झन्डै सय प्रतिशत मत पाएका छन।नेमकिपाकाे प्रेम सुवाल र राष्ट्रिय जनमाेर्चाकाे चित्र बहादुर केसीले मात्रै विपक्षमा मतदान गरेका थिए ।विस्वास दिने पक्षमा 268 र विस्वास नदिने पक्षमा जम्मा 2 मत ,रहेकाे थियाे।आश्चर्यजनक लाग्ने गरि प्रतिपक्षकाे समेत सरकारलाई समर्थन रहेकाले याे सरकारलाई काम गर्न धेरै सहज हुने देखिन्छ ।तर लाईखाएकाे बानी पुराना नेताहरूले कसरी काम गर्छन वा प्रधानमन्त्रीले कसरी काम गर्छन त्याे भने हेर्न बाँकी छ।अहिले सरकारमा रवि लामिछाने सहित नयाँ अनुहारहरु पनि रहेकाले जनतामा केही काम त पक्कै गर्छन भन्ने आशा रहेकाे छ।                                                   

The post प्रचण्डले पाए झन्डै सय प्रतिशत विस्वासकाे मत। appeared first on Nepa Sanchar.

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *