Karnali Click

सुदूरपश्चिम सरकारका मन्त्री फिर्ता हुँदैनन् : रेशम चौधरी

बुटवल —नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले सुदूरपश्चिममा पार्टीका तर्फबाट सरकारमा गएका मन्त्री फिर्ता नहुने बताएका छन् । उनले लुम्बिनी प्रदेशमा पनि एक मन्त्री र एक राज्यमन्त्री थप हुने संकेत गरेका छन् । 

निर्वाचन आयोगले बिहीबार चौधरीलाई अध्यक्षको हैसियत नदिएपछि सुदूरपश्चिम पुगेर उनले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्दै नयाँ मन्त्री थपेका थिए ।

त्यसले सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार तत्कालका लागि जोगिएको छ । उनले शनिबार बुटवलमा लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग पनि भेट गर्दैछन् । त्यस अघि उनले प्रदेश सरकारका तर्फबाट प्रदेश सभा सदस्य धनेन्द्र कार्की र दाङबाट निर्वाचित संघीय सांसद दीपक गिरीसँग छलफल गरेका हुन् । उनीहरुसँगको छलफलपछि मुख्यमन्त्री चौधरीसँग भेट्ने कार्यक्रम तय भएको स्रोतले बताएको छ ।

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *