Karnali Click

पहाडी क्षेत्रमा मौसम आंशिक बदली, पानी नपर्ने

जाजरकोट । आज देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली रहेको छ । अरु धेरैजसो ठाउँमा मौसम सफा नै रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी क्षेत्रमा आज दिउँसो र राति पनि मौसम आंशिक बदली नै रहनेछ ।

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । पहाडी क्षेत्रमा मौसम बदली र उच्च भागमा हिमपातको सम्भावना भए पनि पानी भने नपर्ने महाशाखाले जनाएको छ ।

कर्णाली मा आंशिक बदली रहेको छ । तर पानी पर्ने सम्भावना नरहेको मौसमविद् झाले जानकारी दिनुभयो ।

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *