Karnali Click

गठबन्धनको बैठकअघि देउवाले गरे मन्त्रीहरुसँग छलफल

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गरेका छन् । पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई सभापति देउवाले आइतबार अपरान्ह छलफलका लागि बुढानीलकण्ठस्थित निवासमा बोलाएका थिए ।

मन्त्रिपरिषद् पुन: गठन, राष्ट्रिय सभाको अध्यक्ष निर्वाचन र गठबन्धनका विषयमा सत्ता गठबन्धनमा उत्पन्न तनावका बीच सभापति देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभाको बैठकमा जवाफ दिने कार्यक्रम छ भने त्यसअघि विहान गठबन्धनको बैठक बोलाइएको छ । मन्त्रीहरु हेरफेरको चर्चा चलिरहेका बेला गठबन्धनको बैठकअघि कांग्रेस सभापति देउवाले आफ्नो दलका मन्त्रीहरुसँग गरेको छलफललाई अर्थपूर्णरुपमा हेरिएको छ ।

सभापति देउवाको निवासमा संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई संसद्बाट पारित गर्ने विषयमा छलफल भएको एक मन्त्रीले जानकारी दिए ।

‘मन्त्रिपरिषद्को विषय त थाहा भएन । तर संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई अब सर्वसहमतिबाट अघि बढाउन सकिदैन भन्ने निष्कर्षमा पुगेका छौँ,’ ती मन्त्रीले भने, ‘अझैपनि सकेसम्म सहमतिबाट, नभए बहुमतले पनि निर्णय गरेर अघि बढ्नुपर्छ भन्ने निष्कर्षमा पुगेका छौँ ।’ ती मन्त्रीले विधेयकलाई कसरी अघि बढाउने भन्ने विषयमा सोमबार विहान बस्ने सत्ता गठबन्धनको बैठकले निर्णय लिने बताए ।

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *