Karnali Click

निजामती सेवा विधेयक संसदमा दर्ता : अवकाशकाे उमेरहद ६० वर्ष प्रस्ताव, प्रदर्शन–हड्ताल गर्न प्रतिबन्ध

काठमाण्डाै – सरकारले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद् सचिवालयमा दर्ता गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज संसद् सचिवालयमा विधेयक दर्ता गराएको हो ।

यो विधेयकलाई सङ्घीयता कार्यान्वयनका लागि महत्त्वपूर्ण मानिएको छ । विधेयकमा निजामती कर्मचारीहरूको अवकाशको उमेर हद ६० वर्ष कायम गर्ने प्रस्ताव छ । अहिले निजामती कर्मचारीहरूले ५८ वर्षमा अवकाश पाउँदै आएका छन् ।

त्यस्तै विधेयकमा प्रदेशको मन्त्रालय र पालिकाका प्रमुख प्रशासकीय अधिकृत ऐन लागू भएको १० वर्षसम्म केन्द्रबाटै पठाउने व्यवस्था गर्न प्रस्ताव गरिएको छ । १० वर्षपछि पालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रदेशको स्थानीय सेवाअन्तर्गत रहनेछन् । प्रदेश सरकारको प्रमुख सचिवको पद भने सङ्घीय निजामती सेवाको पद हुने व्यवस्था विधेयकमा गरिएको छ । समायोजन भएर गएका कर्मचारीहरू सम्बन्धित प्रदेश निजामती सेवामा कायम रहनेछन् ।

विधेयकले निजामती कर्मचारीहरूलाई राजनीतिक दल, राजनीतिक दलको भ्रातृ सङ्गठन र राजनीतिक दलको जनवर्गीय सङ्गठन वा राजनीतिक दलसँग आबद्ध पेसागत सङ्गठनको सदस्यता लिन राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनै राजनीतिक गतिविधिमा भाग लिन प्रतिबन्ध लगाएको छ ।

त्यस्तै विधेयकमा सरकारका नीतिको आलोचना गर्न, लेख लेख्न वा सञ्चारमाध्यमलाई खबर दिनसमेत रोक लगाएको छ । विधेयकमा कर्मचारीहरूलाई प्रदर्शन र हड्ताल गर्न प्रतिबन्ध लगाइएको छ ।

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *