Karnali Click

खेलप्रेमीहरुलाई खुशीकाे खबर,चर्चित क्रिकेटर सन्दीप लामिछाने धराैटीमा रिहा।

 काठमाडौं पुस 28- क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएका छन। उच्च अदालत पाटनले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौं अदालतको  आदेश  उल्टाइदिएको छ । उनलाई 20 लाख धराैटीमा रिहा गरिएको छ।तर  विदेश भने  जान राेक लगाईएकाे छ। उनी असाेज 20 गते विदेशबाट फर्किने क्रममा एयरपोर्टमा पक्राउ परेका थिए ।उनी माथि नाबालिक बलात्कार गरेकाे आराेप लागेको थियाे।काठमाडौं अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरे पछि उनलेे उच्च अदालत पाटनमा पुरनावेदन गरेका थिए ।याे मुद्दा काठमाडौं अदालतमा भने अहिले पनि विचाराधीन रहेकाे छ।इजलासले लामिछानेलाई तारिखमा छाड्न आदेश दिएको  अदालतका सूचना अधिकारी दिनेश पौडेलले जानकारी दिएका छन्।उनीलाई २० लाख धरौटी र  अरू पूर्वसर्तहरू पनि रहेको उनको भनाइ छ । न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले बिहीबारको बहसपछि जिल्ला अदालत पाटनले आदेश उल्ट्याएको हो । बहसमा सन्दीपको तर्फबाट उपस्थित कानुन व्यवसायीहरूले प्रत्यक्ष प्रमाणको अभावमा सन्दीपलाई थुनामा राख्न नहुने  जिकिर गरेका थिए । नाबालिग भन्दै आएकी जाहरेवाला पनि हालै प्राप्त प्रमाणको आधारले बालिग पुष्टि हुने देखिएको बहसमा उल्लेख गरिएको थियो । साथै इजलासलाई सन्दीपको मानसिक अवस्था बिग्रिँदै गएको व्यवसायीले जानकारी दिएका थिए । सन्दीपको पक्षबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठ, कृष्ण सापकोटा र अधिवक्ताहरू सरोजकृष्ण घिमिरे, रोशनी पौडेल, मुरारी सापकोटा र सविता भण्डारीले बहस गरेका थिए । त्यस्तै जाहरेवालाको तर्फबाट तीनजना कानुन व्यवसायी र सरकारको पक्षबाट एक जना सरकारी वकिलेले बहस गरेका हुन् । दुवै पक्षको बहसपछि इजलासले जिल्ला अदालत पाटनले आदेश उल्ट्याएको हो । यससँगै सन्दीपलाई पुर्पक्षका लागि धरौटी लिई तारिखमा छाडेको छ ।दोहाबाट कतार एयरवेजको विमानमार्फत काठमाडौं ओर्लिएका उनलाई पक्राउ गरिएको थियो ।सन्दीपलाई भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगमाथि बलात्कार गरेको आरोप लागेपछि पक्राउ गरिएको थियो ।काठमाडौंको होटल इनमा भदौ ५ गते राति आफूलाई पटक पटक बलात्कार गरेको एक किशोरीको उजुरीपछि विदेशमा रहेका सन्दीपलाई पक्राउ गर्नको लागि ‘डिफ्युजन नोटिस’ जारी गरिएको थियो ।क्यारेबियन प्रिमियर लिग खेल्न जमैका पुगेका सन्दीपविरुद्ध काठमाडौंमा उजुरी परेको थियो । प्रहरीले प्रमाणका रुपमा होटलको सीसीटीभी फुटेज, पीडितको बयान, स्वास्थ्य परीक्षण, होटलका कर्मचारीकाे बयानलाई पनि समेटेको थियो ।सन्दीपले यसअघि काठमाडौं जिल्ला अदालतमा दिएको बयानमा आफूलाई सिलसिलारुपमा फसाउन खोजिएको बताएका थिए ।उनी त्यसबेला राष्ट्रिय टिमका कप्तान पनि थिए ।                         

The post खेलप्रेमीहरुलाई खुशीकाे खबर,चर्चित क्रिकेटर सन्दीप लामिछाने धराैटीमा रिहा। appeared first on Nepa Sanchar.

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *