Karnali Click

राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष एमालेले लिने सहमति

काठमाडौँ — चार दलीय सत्ता गठबन्धनले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा तालमेल गरेर उम्मेदवारी दिने सहमति गरेका छन् ।

सहमतिअनुसार राष्ट्रिय सभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रले उम्मेदवारी दिने भएको छ भने उपाध्यक्षमा नेकपा एमालेले उम्मेदवारी दिने भएको छ ।

हाल राष्ट्रिय सभाको उपाध्यक्ष पद रिक्त छैन । माओवादी केन्द्रबाट निर्वाचित उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष छिन् । माओवादी केन्द्रले अर्याललाई राजीनामा गराएर अध्यक्ष लिने भएपछि उपाध्यक्षमा एमालेले उम्मेदवारी दिने भएको छ ।

यसअघि राष्ट्रिय सभाको अध्यक्षमा एमालेबाट निर्वाचित गणेशप्रसाद तिमिल्सिनाको आइतबार पदावधि सकिएको छ । गठबन्धनमा सहमतिपछि माओवादी केन्द्रले उपाध्यक्ष अर्याललाई राजीनामा गराएर अध्यक्षमा उम्मेदवारी दिने भएको हो ।

राष्ट्रिय सभामा अध्यक्ष र उपाध्यक्ष एकै दलबाट हुन नपाउने व्यवस्था छ ।

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *