Karnali Click

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

जाजरकोट – नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १४ सयले बढेर १ लाख ३७ हजार २०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बिहिबार छापावाल सुन तोलाको एक लाख ३५ हजार ८०० मा कारोबार भएको थियो भने तेजाबी सुन तोलाको एक लाख ३५ हजार १५० मा कारोबार भएको थियो ।  

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि बिहिबार चाँदी तोलाको १६ सय ५५ मा कारोबार भएको थियो ।

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *