Karnali Click

कैलालीको गोदावरी धामको संरक्षणमा बेवास्ता « Imagekhabar – Online News Portal of Nepal

कैलाली । सुदूरपश्चिम प्रदेशको प्रमुख तीर्थस्थलको रुपमा चिनिएको कैलालीको गोदावरी धाममा रहेका मन्दिरहरुको संरक्षणमा कसैको ध्यान गएको छैन । धामभित्र रहेका करिब एक दर्जन मन्दिरका समितिहरुले आफुखुशी काम गरिरहेका छन् । धार्मिक पर्यटन विकास क्षेत्र गठनका लागि नागरिकले आवाज उठाए पनि सरकारले भने सुनेको छैन ।

प्राचिनकालदेखिनै प्रख्यात कैलालीको गोदावरी धाममा स्थानीयले मन्दिरको संरक्षण गर्दै शिव भगवती मन्दिर तीर्थ धाम स्थापना गरेका हुन् । तर, मन्दिर क्षेत्रको संरक्षणमा कुनै निकायको ध्यान जान सकेको छैन । गोदावरी नदी पारी रहेको यस मन्दिरमा विवाह, ब्रतबन्ध गरे बापत उठेको शुल्कबाट संरक्षण हुने गरेको छ ।

नेपालका साथै भारतीय दर्शनार्थीहरुको आस्थाको केन्द्र रहेको यस धामको समग्र संरक्षणमा चासो दिनुभन्दा पनि पहुँचका भरमा बजेट ल्याउने र स–साना मन्दिर निर्माण गर्ने प्रतिष्पर्धा चलेको छ । धाम क्षेत्रमा आधा दर्जन मन्दिरका समिति मात्रै छन् । यी समितिले धामको विकास भन्दापनि आफू संरक्षण हुने काम मात्रै गरेको आरोप लागेको छ ।

शिव भगवती मन्दिर तीर्थ धाम समितिका महन्त तिलक गिरीका अनुसार सरकारी निकायको अनुपस्थितिमै आफुखुशी मन्दिर स्थापना गर्ने र समिति बनाउने परम्पराले गोदावरी धामको अस्तित्व संकटमा परेको छ । हाल धाम क्षेत्रभित्र ८ वटा मन्दिरका समिति बनाइएका छन् । यी समितिले समग्र गोदावरी धामको विकासमा कुनै योगदान नदिएको स्थानीयको गुनासो छ । गोदावरीमा नदी पार गर्न एउटा झोलुङ्गे पुल बन्न सकेको छैन । नदीमा तटबन्धन गर्न समिति अनिच्छुक देखिन्छन् ।

सरकारी संरक्षण आवश्यक रहेको भन्दै प्रदेश सरकारले धार्मिक पर्यटन विकास बोर्ड गठन गरी यस क्षेत्रको समग्र विकास गर्नुपर्नेमा स्थानीयको जोड छ ।

व्यक्तिपिच्छे मन्दिर र समिति बनाउने परम्परालाई तोडी प्राचीन मन्दिरको संरक्षणसँगै त्यसको व्यवस्थापनमा सरकारी संरक्षण आवश्यक छ ।

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *