काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरेका छन् । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा निवर्तमान उपप्रधानमन्त्री नारायणकाजीलाई साथमा लिएर प्रधानमन्त्री दाहाल काठमाडौंको कोटेश्वरस्थित नेपाल निवास पुगेका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार पूर्वप्रधानमन्त्री नेपालको स्वास्थ्यलाभको कामना गर्नका लागि दाहाल कोटेश्वर पुगेका हुन् । दाहालले सोमबार साँझ नेपालसँग भेटघाट गरेका हुन् ।
एमाले र माओवादी केन्द्रसहितको सत्ता गठबन्धन बनेपछि प्रधानमन्त्री दाहाल एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेट्न गएका हुन् । उक्त गठबन्धनमा एकीकृत समाजवादी जाने कि नजाने भन्ने यकिन भइसकेको छैन । माओवादीले भने एकीकृत समाजवादीलाई पनि गठबन्धनमा सहभागी गराउनुपर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस्