दार्चुला । दार्चुलाको सदरमुकाम खलङ्गामा वितरण भइरहेको खानेपानीमा मानव स्वास्थ्यका लागि घातक हुने इकोली जीवाणु फेला परेको छ । स्वास्थ्य कार्यालय दार्चुलाले गरेको परीक्षणमा पाँच ठाउँबाट सङ्कलन गरिएको नमूनामध्ये चार ठाउँको पानीमा इकोली जीवाणु भेटिएको हो ।
स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख वीरेन्द्रप्रसाद भट्टका अनुसार दूषित पानीकै कारण पानीमा इकोली देखिएको पुष्टि भएको छ । पछिल्लो दुई हप्तादेखि धमिलो पानी आउने गुनासो बढेपछि मुहान अनुगमन र पानी परीक्षण गरिएको थियो । इकोली जीवाणु मानव वा जनावरको मलजन्य दूषित पानीमा पाइने गरेको भट्टको भनाइ छ ।
खलङ्गामा वितरण भइरहेको पानी महाकाली नगरपालिका–३ मा रहेको गारकुखोलाबाट ल्याइएको हो । एक महिना अगाडि त्यही खोलामा मरेको कुकुरको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
प्रकाशित मिति : २०८२ असार २० गते शुक्रबार



































प्रतिक्रिया दिनुहोस्