
जाजरकोट । जाजरकोट मा १९औं लोकतन्त्र दिवसको अवसरमा बुधबार खलंगामा गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा जाजरकोटको आयोजनामा विचार गोष्ठी सम्पन्न भएको छ।
गोष्ठीमा नागरिक समाजका संयोजक राजेन्द्र विक्रम शाहले “नेपालमा लोकतन्त्र दिवस र लोकतान्त्रिक मूल्य, मान्यता” शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमाथि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र चन्द समूहका नेताहरूले आ–आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा विभिन्न संघसंस्था र विद्यार्थी नेताहरूको समेत सक्रिय सहभागिता रहेको थियो। महासंघका अध्यक्ष सहदेव बस्नेतले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी दिए। सचिव गणेश बानियाँको संचालनमा सम्पन्न कार्यक्रमपश्चात गैरीखालीमा दीप प्रज्वलन कार्यक्रम समेत आयोजना गरिने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्