सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ भदौ ७ गते आइतबार

जाजरकोटमा बाढी पहिरोबाट ४ जनाको मृत्यु, १० जना घाइते



जाजरकोट जाजरकोट रिसाङ्मा २०८३ साल साउन ३० गते अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोबाट जाजरकोटमा मानवीय क्षति भएको छ। जिल्ला प्रशासन ,सुरक्षा निकायबाट प्राप्त विवरणअनुसार बाढी–पहिरोमा परी ४ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
– मृतकको विवरण
१. भेरी नगरपालिका–२ फारुलाका ५४ वर्षीय उमा सिंह खत्री
२. भेरी नगरपालिका–२ फारुलाकी ७५ वर्षीया रती खत्री
३. भेरी नगरपालिका–२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की
४. भेरी नगरपालिका–२ का ५२ वर्षीय केदार कार्की  उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु
– घाइतेको विवरण
१. भेरी नगरपालिका–२ रिसाङका ६० वर्षीय रामबहादुर शाही — मेडिकल कलेज कोहलपुरमा उपचाररत
२. भेरी नगरपालिका–२ चिसापानीकी ५७ वर्षीया भद्राकली कार्की भेरी अस्पताल बाँकेमा उपचाररत
३. भेरी नगरपालिका–२ रिसाङका ४५ वर्षीय सिद्दीबहादुर कामी  जिल्ला अस्पताल जाजरकोटमा उपचाररत
४. भेरी नगरपालिका–१ डौरीकाँडाका ४५ वर्षीय मनवीर चदरा — थप उपचारका लागि बाँके रिफर
५. भेरी नगरपालिका–१ डौरीकाँडाकी १६ वर्षीया मनिषा वि.क. — थप उपचारका लागि बाँके रिफर
६. भेरी नगरपालिका–२ चिसापानीकी २३ वर्षीया अनिता कार्की  उपचारपछि डिस्चार्ज
७. भेरी नगरपालिका–२ रिसाङका १० वर्षीय युनिश शाही — उपचारपछि डिस्चार्ज
८. भेरी नगरपालिका–२ रिसाङकी ४५ वर्षीया सुन्तली चदरा — उपचारपछि डिस्चार्ज
९. भेरी नगरपालिका–२ रिसाङका १४ वर्षीय सचिन कार्की — उपचारपछि डिस्चार्ज
१०. भेरी नगरपालिका–१ डौरीकाँडाकी ४७ वर्षीया मोतिकला वि.क. (नैनारूपा वि.क.) उपचारपछि डिस्चार्ज
अविरल वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रमा बाढी, पहिरो तथा सडक अवरुद्ध हुने क्रम जारी रहेकाले स्थानीयवासीलाई सतर्क रहन र जोखिमयुक्त स्थानमा नबस्न आग्रह गरिएको छ।

प्रकाशित मिति : २०८३ साउन ३१ गते आइतबार