सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ जेठ ५ गते मंगलबार

दिगो विकास लक्ष्य भेट्न कठिन, यही गतिले ६० प्रतिशतमात्रै उपलब्धी



३१ साउन, काठमाडौं । नेपालले अहिलेकै गतिमा अघि बढ्दा दिगो विकास लक्ष्य भेट्न कठिन देखिएको छ । नेपालले सन् २०३० सम्म दिगो विकास लक्ष्य (एसडीजी) भेट्टाउने प्रतिवद्धता जनाएको छ । एसडीजीका लागि नेशनल कन्सल्टेन्ट दामोदार ज्ञवालीका अनुसार दिगो विकास लक्ष्यका कुल १७ क्षेत्रमा औसतमा ५९.७ प्रतिशत मात्र लक्ष्य पूरा हुने देखिएको छ ।

राष्ट्रिय योजना आयोगका सहसचिव तथा दिगो विकास र अन्तर्राष्ट्रिय सम्वन्ध विभाग प्रमुख रमेश दाहालका अनुसार यी लक्ष्यहरु प्राप्तिका लागि सबैभन्दा ठूलो चुनौती वित्तीय स्रोत हो । यी लक्ष्य पूरा सन् २०१६ देखि ३० सम्म आवश्यक बजेटमध्ये वार्षिक औसत ५ खर्ब ८५ अर्ब रुपैयाँ कम रहेको योजना आयोगको भनाइ छ ।

प्रकाशित मिति : २०८० साउन ३१ गते बुधबार