जाजरकोट । जाजरकोटमा रोयम नेपालको आयोजना तथा AEIN को साझेदारीमा युवा मानवअधिकार रक्षक सञ्जालको समन्वयमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा अध्यक्षता सञ्जालका अध्यक्ष प्रेम विक रहेका थियो भने प्रमुख अतिथिका जिल्ला समन्वय समिति जाजरकोटका कालि बहादुर खत्रीको उपस्थिति रहेको थियो। त्यसैगरी गैर सरकारी महासंघ नेपालका सहदेव बस्नेत, भेरी नगरपालिकाकी उपमेयर सीता जैसी, पत्रकार तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
तल्लो थाप्ले स्थित होटल सिद्धपाहिलामा आयोजित कार्यक्रममा युवा मानव अधिकार सञ्जालमार्फत स्थानीय तहमा देखिएका विविध सामाजिक समस्यामाथि छलफल गरिएको थियो। कार्यक्रममा फोहोर व्यवस्थापन, भूकम्पपछिको पुनर्निर्माण, छुवाछुत अन्त्य तथा स्वास्थ्य जस्ता महत्वपूर्ण विषयहरू उठाइएका थिए।
अन्तरक्रियाबाट सञ्जालको अभियान सञ्चालनका लागि ३वर्षे कार्ययोजना निर्माण गरिएको छ। जसअन्तर्गत बल्ड बैंक स्थापना, जातीय विभेद विरुद्ध सचेतना कार्यक्रम, बालविवाह रोकथाम, युवाहरूका लागि रोजगारीमूलक तालिम, भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने, विद्यालय भर्ना अभियान सञ्चालन गर्ने, लागुऔषध दुव्र्यसन विरुद्ध अभियान तथा डिजिटल अभियान जस्ता मानवअधिकारसँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरिएको छ।
कार्यक्रममा रोयम नेपाल कर्णाली प्रदेश संयोजक सन्तोष बि.कले संस्थागत, परियोजना तथा कार्यक्रमको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सञ्जाल सदस्य जुनु परियारले गर्नु भएको थियो । यसैगरी सञ्जालमा आवद्ध युवाहरूले आगामी दिनमा सामाजिक परिवर्तन र मानव अधिकार संरक्षणका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।






























प्रतिक्रिया दिनुहोस्