जाजरकोट । करेन्ट लागेर एक जनाकाे मुत्यू भएको छ । मुत्यू हुनेमा नलगाड नगरपालिका ७ दल्ली घरका शिशिर चन्द रहेका हुन् । नलगाड नगरपालिका वडा नम्बर ४ गुवारा नजिक काम गर्ने क्रममा करेन्ट लागेकाे हाे । साेमबार बिहान१०:४०बजेतिर पाेलमाथि चढेर काम गर्ने क्रममा चन्दलाई करेन्ट लागेकाे हाे। प्रहरीका अनुसार चन्दलाई दल्ली अस्पतालमा पाेष्टमार्टमका लागि लगिएको बताएको छ।
पाेष्टमार्टमपछि शवलाई परिवारकाे जिम्मा लगाइनेछ । उनले भने सुरक्षाका लागि कुनै पनि साधन प्रयोग गरिएको थिएन । कुनै पनि काम गर्न सुरक्षित रुपमा रहेर काम गर्नुपर्छ। आइतबारदेखि बत्ती नआएकाले उनी मर्मतका लागि पोलमाथि चढेका थिए । उनको शवलाई पोष्टमार्टमका लागि नगर अस्पताल दल्लीमा ल्याइएको प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिनु भयो । शिशिर चन्द ज्यालादारीमा कार्यरत कर्मचारी हुन्।
प्रकाशित मिति : २०८२ असार ३० गते सोमबार





























प्रतिक्रिया दिनुहोस्