सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ जेठ ५ गते मंगलबार

बाढी र पहिरोका कारण पूर्वाधारमा हुन सक्ने क्षति न्यूनीकरणका लागि तयारी गर्न सरकारलाई निर्देशन



काठमाण्डाै । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले बाढी र पहिरोका कारण पूर्वाधारहरूमा हुन सक्ने क्षति न्यूनीकरणका लागि तयारी गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिकाे बैठकले यस वर्ष तुलनात्मक रूपमा धेरै वर्षा हुने र वर्षाका कारण केही ठाउँमा ठूलो जनधनको क्षति हुने अनुमान भएकाेले त्यस्ता क्षेत्रमा पूर्वाधारहरूमा हुन सक्ने क्षति न्यूनीकरण गर्नका लागि तयारी गर्न निर्देशन दिएको हो ।

बैठकमा उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले यसअघिको प्राकृतिक प्रकोपबाट भएको क्षतिबाट पाठ सिक्दै यस वर्ष क्षति हुन नदिनका लागि आवश्यक तयारी भइरहेको बताउनुभयो  ।

बैठकमा समिति सदस्यहरूले वर्षायाममा पूर्वाधारमा हुने क्षति न्यूनीकरणका साथै क्षति भइहाले वैकल्पिक व्यवस्थाका लागि तयार हुनुपर्ने सुझाव दिएका छन् ।

प्रकाशित मिति : २०८२ जेठ २० गते मंगलबार