सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८२ असोज २६ गते आइतबार

भूकम्पबाट बच्नका लागि १०महत्वपूर्ण उपायहरू



भूकम्प प्राकृतिक विपद् हो । यो जहाँ जुनबेला पनि आउन सक्छ । यसबाट जोगिन, सचेतना र सतर्कताले जनधनको क्षति न्यून गर्न सकिन्छ । चर्किएका र कमजोर घरहरू बाट टाढा रहाैं, आपतकालीन सामग्री तयारी गराैं, सुरक्षित स्थानको पहिचान गराैं, र अफवाह बाट बचाैं । सरल र सटीक अभ्यासले हामी हाम्रो परिवार, र हाम्रो समुदायलाई सुरक्षित राख्न सक्छौं।

भूकम्प बाट जोगिने केही महत्त्वपूर्ण उपायहरु :

१) पुराना चर्किएका कम्जोर घरमा नबसाैं ,आफू र आफ्नो परिवारका लागि सुरक्षित ठाउँ पत्ता लगाउँ।
२) भूकम्पको झट्का थाहा पाउने वितिक्कै हतारमा आत्तिएर बाहिर नभाग्नुहोस।
३) सुरक्षित स्थानको पहिचान गर्नुहोस कम्तीमा एउटा ढोका खुल्लै हुने बन्दोबस्त मिलाउनुहोस् ।
४) घरबाहिर हुँदा टाउकोलाई सुरक्षित राख्नुहोस, र जोखिमयुक्त वस्तुबाट बच्नुहोस् ।
५) सामाजिक संञ्जालमा अफवाह फैलाउन सक्छन , सरकारी अथवा आधिकरिक सूचनामा भर पर्नुहोस

६) हल्लाको पछि नलाग्नुहोस् । सही सूचना प्राप्त भएपछिमात्र सुरक्षित स्थलतर्फ जानुहोसहोस् ।
७) सवारी साधन चलाउँदै हुनुहुन्छ भने बायाँतर्फ मोडी पार्क गर्नुहोस् । निषेधित क्षेत्रमा नलाग्नुहोस  ।
८) भुकम्पको पराकम्पको बेवास्ता नगर्नुहोस , पहिले धक्कामै सवाधानी अपनाउनुहोस ।
९ ) परिवार वा छिमेकीसँङ्ग आपतकालीन योजना बनाएर तयारी अबस्थामा बस्नुहोस ।
१०) महत्त्वपूर्ण आपतकालीन सामाग्री वा कागजजात झोलामा तयार पार्नुहोस ।

प्रकाशित मिति : २०८१ चैत २३ गते शनिबार