सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८१ माघ ९ गते बुधवार

त्रिशूलीमा बेपत्ता बस र यात्रुहरुको वाटर ड्रोन मार्फत खोजी गरिंदै



२९ असार । २८ असार त्रिशूली नदीमा दुई यात्रुवाहक बस दुर्घटनामा परी बेपत्ता भएकाहरुको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीकार्य सुरु भएको छ । र्‍याफ्टबोटमा जडान गरेर पानीभित्रको वस्तुहरु हेर्न सोनार क्यामराले सहयोग पुर्‍याउने सशस्त्रका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए ।सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोर सहित २५ जना र नं. १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित ३५ जनाको सुरक्षा फौज उनीहरुको खोजीकार्यमा परिचालित भएको छ ।
साथै नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन् ।वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपालिका-२९ सिमलतालमा असार २८ गते बिहान नारायणी नदीमा खसेका थिए ।

प्रकाशित मिति : २०८१ असार २९ गते शनिवार