सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ कात्तिक ११ गते मंगलबार

पाँचतारा युवा संरक्षक मञ्चको वार्षिक सामाजिक परीक्षण सम्पन्न



जाजरकोट । पाँचतारा युवा संरक्षक मञ्चद्वारा सञ्चालित विभिन्न विकासमूलक तथा सामाजिक कार्यक्रमहरूको समीक्षा, पारदर्शिता र नागरिक जवाफदेहितालाई प्रवर्द्धन गर्ने उद्देश्यले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक सामाजिक परीक्षण (Social Audit) कार्यक्रम भेरी नगरपालिका–३, जाजरकोटमा सम्पन्न भएको छ ।

प्रमुख जिल्ला अधिकारी नवराज बरालको प्रमुख आतिथ्य तथा सरोकारवालाहरूको महत्वपूर्ण उपस्थितिमा सम्पन्न कार्यक्रममा संस्थाका विभिन्न कार्यक्रम, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे समीक्षा गरिएको थियो । कार्यक्रममा सहभागीहरूले संस्थाका गतिविधिलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन आवश्यक सुझावसमेत दिएका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष छवि पन्तले सामाजिक सञ्जालमा समय बिताएजस्तै समाजका समस्या, चिन्तन र सामाजिक योगदानका लागि पनि समय दिनुपर्नेमा जोड दिँदै बडादसैँको शुभकामनासमेत व्यक्त गर्नुभएको थियोे ।

प्रकाशित मिति : २०८३ असोज ३० गते शुक्रबार