जाजरकोट । जाजरकोटमा नेपाली कांग्रेसका खडकबहादुर बुढा विजयी भएका छन्। सार्वजनिक भएको मतपरिणामअनुसार बुढाले २० हजार १४२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपाका शक्तिबहादुर बस्नेतले १७ हजार ४०७ मत प्राप्त गरेका छन् भने एमालेका डम्बरबहादुर सिंहले १६ हजार ८८३ मत ल्याएका छन्। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राघव कार्कीले दुई हजार ५७१ मत प्राप्त गरेका छन्।
बुढा आफ्ना मुख्य प्रतिस्पर्धी बस्नेतभन्दा दुई हजार ७३५ मतअन्तरले विजयी भएका हुन्।
बस्नेत २०६४ साल यताका विभिन्न निर्वाचनमा जाजरकोटबाट पटक–पटक विजयी हुँदै आएका थिए। तर यस पटकको निर्वाचनमा भने नेपाली कांग्रेसका युवा नेता बुढाले उनलाई पराजित गरेका छन्।
बस्नेत यसअघि गृह, ऊर्जा तथा स्वास्थ्य मन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका अनुभवी नेता हुन्।
प्रकाशित मिति : २०८२ फागुन २३ गते शनिबार





























प्रतिक्रिया दिनुहोस्