सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ असोज १७ गते शनिबार

ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद



जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१३ सिउनास्थित हेर्ने भिरको ओडारमा लुकाइराखेको अवस्थामा प्रहरीले ३ थान एकनाले भरुवा बन्दुक बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय रग्दा, जाजरकोटबाट खटिएको प्रहरी टोलीले २०८३ साल असोज १६ गते बिहान करिब ७ बजे ओडारमा बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएका भरुवा बन्दुक फेला पारेको हो ।
प्रहरीका अनुसार बरामद भएका ३ थान बन्दुकमध्ये २ थान साबुत अवस्थामा रहेका छन् भने १ थानको बट र नाल छुट्टिएको अवस्थामा फेला परेको छ ।
बरामद गरिएका बन्दुकहरूलाई रीतपूर्वक बरामद गरी आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रग्दामा ल्याइएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज १६ गते शुक्रबार