काठमाण्डाै । नेपाल प्रहरीले ६ किलो २४ ग्राम लागूऔषध कोकिनसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
हिजाे कतार एअरवेजको विमानमार्फत काठमाण्डाै आएका ५१ वर्षीय लाटभियन नागरिक इभार्स भाल्टर्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा सामान जाँचका क्रममा काेकिनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले बोकेको ह्यान्ड क्यारी सुटकेसभित्र काेकिन भेटिएकाे प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले बताउनुभयो ।
बरामद गरिएको कोकिनको बजार मूल्य २१ करोड ८ लाख रुपैयाँ बराबर रहेकाे प्रहरीले भनाइ छ ।
प्रकाशित मिति : २०८१ साउन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्