जाजरकोटमा । जाजरकोटको शिवालय क्षेत्रमा मतगणना कार्य सम्पन्न भएको छ। सार्वजनिक भएको मतपरिणाम अनुसार रूख चिन्हका उम्मेदवार खड्क बहादुर बुढा फराकिलो अग्रतामा देखिएका छन्।
प्राप्त विवरण अनुसार खड्क बहादुर बुढाले – २१६४ मत प्राप्त गरेका छन् भने सुर्य चिन्हका डम्बरबहादुर सिंहले -११८८ मत ल्याएको छ। त्यसैगरी तारा चिन्हका शक्ति बहादुर बस्नेतले -७८८ मत प्राप्त गर्दा घण्टी चिन्हका राघब कार्कीले – १३९ मत प्राप्त गरेको छ।
शिवालय क्षेत्रको मतगणना सम्पन्न भएसँगै उक्त क्षेत्रको परिणाम सार्वजनिक भएको हो। मतपरिणाम सार्वजनिक भएसँगै स्थानीय स्तरमा चासो र चर्चा बढेको छ।
प्रकाशित मिति : २०८२ फागुन २२ गते शुक्रबार





























प्रतिक्रिया दिनुहोस्