सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ वैशाख १६ गते बुधबार

प्रचण्ड र ओलीबीच बालुवाटरमा भेटवार्ता « Imagekhabar – Online News Portal of Nepal



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

उहाँहरुबीच बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

दुई नेताहरुबीच पछिल्लो समसामयिक राजनीति, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, प्रदेशका सरकारलाई पूर्णतालगायतका समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रचण्ड प्रधानमन्त्री हुनु भएपछि ओली पटकपटक बालुवाटार पुग्नु भएको छ ।

प्रकाशित मिति : २०७९ माघ १२ गते बिहीबार