
जाजरकोट । जाजरकोट भेरी नगरपालिका ७ मिथ्याङ्ग्रामा भाैतिक संरचनाको अभावमा पठनपाठन भैइरहेको छ ।
गत बर्ष कात्तिक १७ गते गएको भुकम्पको कारण विद्यालयका दुईकोठे दुईवटा भवन पुर्णरुपमा क्षति हुदा सुर्यज्योति आधारभूत भेरी नगरपालिका ७ मिथ्याङ्ग्राको विद्यालयमा पठनपाठनमा बिभिन्न समस्या झेल्दै आएको छ । प्रयाप्त कक्षाकोठाको अभावका कारण विद्यार्थीहरू हिउँदमा विद्यालयमा रहेको फिल्डको धुलोमा बसेर पढ्न बाध्य भएका छन् भने बर्षातमा बहुकक्षा शिक्षणमा आधारित प्रणालीमा पढ्नपर्ने बाध्यकारी अवस्था सिर्जना भएको छ । भुकम्प गएको एक बर्ष बितिसक्दापनि कुनैपनि निकायमा पुनःनिर्माणको पहल नगरिदा अहिलेसम्म पक्की भवन निर्माण हुना सकेका छैनन् ।तत्काल विद्यालय रहात तथा उद्दारको कार्यक्रमको क्रममा पाँचतारा युवा संरक्षण मञ्च र वर्ल्ड भिजन इन्टरनेसनलको साझेदारीमा निमार्ण गरिएका चारकोठे अस्थायी सिकाई केन्द्र TLC का भवनपनि गत साउन महिनामा परेको भिष्ण बर्षातको कारण गएको पहिरोबाट क्षति हुदा झनै अप्ठ्यारो परिस्थितिको सिर्जना भएको भन्दै विद्यालयका कार्यालय सहायक खिम बहादुर अधिकारीले गुनासो पोखेका छन् । प्रयाप्त कक्षाकोठा र भौतिक संरचना नहुदा विद्यार्थीको सिकाई उपलब्धि र विद्यालयको शैक्षिक स्तर खस्कदै गएको र अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ । विद्यालयमा बस्नकालागि प्रयाप्त डेक्स बेन्च नभएको कारण पनि फिल्डको धुलोमा बसेर विद्यार्थी पढ्न बाध्यकारी अवस्था सिर्जना भएको अधिकारीले बताउनुभएको छ ।
पुर्वाधार विकास कार्यालय जाजरकोटबाट तत्काल निर्माण थालिने भनिएको चारकोठे पक्की भवनको निर्माण कार्यको पनि टुंगो लागेको छैन । बरू छिटो भन्दा छिटो उक्त भवन निर्माण प्रक्रिया अघि बढाइदिएको भए राम्रो हुन्थ्यो । हालसाल पुराना भुकम्पबाट ग्रसित भवनमा पठनपाठन सञ्चालन भएतापनि उक्त भवनहरूमा प्रयाप्त कक्षाकोठा र डेक्स बेन्च छैनन् । सबै भवन भुकम्प बाट चिराचिरा भएका छन र भत्कने अवस्थामा छन । विद्यार्थीहरू सुरक्षितसँग बस्न कठिन छ साथै डरत्रासको बिचमा कक्षाकोठामा बसेर विद्यार्थीहरू पढ्न बाध्य छन । त्यहाँका शिक्षक टोपबहादुर खड्काले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्