
काठमाडौँ। सामाजिक सञ्जाल प्लेटफर्महरूलाई दर्ता र सूचीकृत गराउने सरकारी तयारीको सन्दर्भमा, डिजिटल अधिकार र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा क्रियाशील ३१ वटा नागरिक समाज संस्थाहरूले सरकार र सामाजिक सञ्जाल दुवैलाई सन्तुलित जिम्मेवारी बहन गर्न आह्वान गरेका छन्।
डिजिटल राइट्स नेपाल, चाइल्डसेफनेट, अनलाइन टीभी पत्रकार संघ नेपाल, फ्रिडम फोरम, नेपाल डिजिटल लिड्स, नेपाल इन्टरनेट फाउन्डेसन, सेन्टर फर मिडिया रिसर्च–नेपाल लगायत संस्थाहरूले सामाजिक सञ्जाल नियमन पारदर्शी, अधिकारमैत्री र सहभागीमूलक ढंगले अघि बढाउन सुझाव दिएका हुन्।
प्रकाशित मिति : २०८२ वैशाख १९ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्