
जाजरकोट । सरकारले नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाललाई सात दिनभित्र दर्ता गर्न आग्रह गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत सामाजिक सञ्जालहरूको सूचीकरण अनिवार्य गर्ने निर्णय गरेको हो । बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङले दर्ता नगर्ने वा सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाललाई नेपालभित्र क्रमशः निष्क्रिय गरिने जानकारी दिए ।
उनका अनुसार सूचीकरण गर्ने सञ्जाललाई भने मन्त्रालयमार्फत नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिई तुरुन्तै पुनः सक्रिय गराइनेछ ।
प्रकाशित मिति : २०८२ भदौ ११ गते बुधबार
प्रतिक्रिया दिनुहोस्