काठमाडौं । अबदेखि नेपाली भाषामै वेबसाइटको डोमेन दर्ता गर्न सकिने भएको छ। कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र अन्तर्राष्ट्रिय संस्था आईक्यानको सहकार्यमा ‘युनिभर्सल एक्सेप्टेन्स डेको’ अवसरमा पहिलोपटक नेपाली डोमेन ‘क्यान.संगठन’ सार्वजनिक गरिएको हो।
सूचना प्रविधि विभागका निर्देशक रमेश शर्मा पौडेलका अनुसार अब अंग्रेजीमा दक्ष नभएका नेपालीहरूलाई डिजिटल सेवा पहुँच सहज हुने छ। विभागले कार्यान्वयनका लागि आवश्यक कार्यविधि तयार गरिसकेको र चाँडै लागू गरिने जानकारी उनले दिए।
क्यान महासंघका कार्यबाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले यो कदमले नेपाली भाषाको प्रवर्द्धनसँगै इन्टरनेट पहुँचमा समावेशिता बढाउने उल्लेख गरे। संचार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले यो कदमले भाषा, पहिचान र पहुँचको संरक्षण गर्दै डिजिटल नेपाल निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरिन्।





























प्रतिक्रिया दिनुहोस्