
जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री उम्मेदवार नैनसिंह महरले नेतृत्व गरिरहेको मध्यमार्गी धार बानेश्वरमा छलफलमा जुटेका छन् ।
नेपाली कांग्रेस १५ औं महाधिवेशनको वरपर रहेर छलफल भैरहेको श्रोतले जनाएको छ। बैठकमा केही पुर्वपदाधिकारी, वतमान केन्द्रीय समितिका केही सदस्य र आगामी महाधिवेशनका निम्ति विभिन्न पदमा तयारी गरिरहेकाहरु रहेको श्रोतले जनाएको छ ।
श्रोतका अनुसार, छलफलमा पार्टीको वर्तमान अवस्था, संगठन सुदृढीकरणका उपाय, राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिका र विशेषगरी आगामी १५ औं महाधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा विचार विमर्श भइरहेको छ। मध्यमार्गी धारले पार्टीभित्र विधिको शासन र संस्थागत निर्णय प्रक्रियालाई बलियो बनाउनुपर्नेमा जोड दिँदै आएको छ।
यो समूहले आगामी महाधिवेशनमा साझा उम्मेदवारी दिने वा कुनै खास एजेन्डामा केन्द्रित भएर अन्य समूहसँग सहकार्य गर्ने भन्नेबारे पनि प्रारम्भिक छलफल गरेको बुझिएको छ। पार्टीलाई थप गतिशील, जनमुखी र युवामैत्री बनाउन आवश्यक नीति तथा कार्यक्रमबारे पनि बैठकमा कुराकानी भएको बताइएको छ। आजको छलफलले आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेबारे प्रारम्भिक खाका तयार पार्न सक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस्