सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ साउन ११ गते सोमबार

केआईआईटीमा अर्की नेपाली विद्यार्थी पनि मृत भेटिइन्



भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक नेपाली विद्यार्थी मृत फेला परेकी छिन् ।

वीरगञ्ज घर भएकी प्रिशा शाह बिहीबार बेलुकी करिब ८ बजे होस्टलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर, एसएसपी सञ्जीव शर्मा दासले घटनाको पुष्टि गरे । उनले भने, ‘वीरगञ्ज घर भएकी प्रिशा शाह बिहीबार बेलुकी करिब ८ बजेतिर मृत फेला परेकी छन् । घटनाको अनुसन्धान सुरु भएको छ ।’

उनले प्रिशाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको । तर, परिवारका सदस्य आएपछि मात्र पोष्टमार्टम गरिनेछ भनेर जानकारी गराइएको बताए ।अहिले हामीले अनुसन्धान गरिरहेका छौं । घरबाट अभिभावक आएपछि मात्र पोष्टमार्टम गरिनेछ भनेर भनेका छौं,’ कन्सुलर शर्माले भने ।उनका अनुसार प्रिशा होस्टलमा सिनियर दिदीहरूसँगै बस्ने गरेकी थिइन् । तर, घटनाको क्रममा कोठामा कोही थिएनन् ।

भूवनेश्वरको टेलिभिजन ओटिभीका पत्रकार स्वाधीन राउतले पनि अनलाइनखबरसँग कुरा गर्दै ‘त्यहाँका पुलिस कमिश्नरले नेपाली विद्यार्थीको मृत्यु भएको’ पुष्टि गरेको बताए ।

केआईआईटीमा अर्की नेपाली विद्यार्थी पनि मृत भेटिइन्

भूवनेश्वरको टेलिभिजन ओटिभीका पत्रकार स्वाधीन राउतले अनलाइनखबरसँग कुरा गर्दै ‘त्यहाँका पुलिस कमिश्नरले नेपाली विद्यार्थीको मृत्यु भएको’ पुष्टि गरेको बताए ।

12.6KShares
facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
अनलाइनखबर अनला

१८ वैशाख, काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक नेपाली विद्यार्थी मृत फेला परेकी छिन् ।

वीरगञ्ज घर भएकी प्रिशा शाह बिहीबार बेलुकी करिब ८ बजे होस्टलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर, एसएसपी सञ्जीव शर्मा दासले घटनाको पुष्टि गरे । उनले भने, ‘वीरगञ्ज घर भएकी प्रिशा शाह बिहीबार बेलुकी करिब ८ बजेतिर मृत फेला परेकी छन् । घटनाको अनुसन्धान सुरु भएको छ ।’

उनले प्रिशाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको । तर, परिवारका सदस्य आएपछि मात्र पोष्टमार्टम गरिनेछ भनेर जानकारी गराइएको बताए ।

‘अहिले हामीले अनुसन्धान गरिरहेका छौं । घरबाट अभिभावक आएपछि मात्र पोष्टमार्टम गरिनेछ भनेर भनेका छौं,’ कन्सुलर शर्माले भने ।

उनका अनुसार प्रिशा होस्टलमा सिनियर दिदीहरूसँगै बस्ने गरेकी थिइन् । तर, घटनाको क्रममा कोठामा कोही थिएनन् ।

भूवनेश्वरको टेलिभिजन ओटिभीका पत्रकार स्वाधीन राउतले पनि अनलाइनखबरसँग कुरा गर्दै ‘त्यहाँका पुलिस कमिश्नरले नेपाली विद्यार्थीको मृत्यु भएको’ पुष्टि गरेको बताए ।

एक जना नेपाली विद्यार्थीको मृत्यु भएको पुलिसले पुष्टि गरेको छ, थप विवरण हालसम्म दिएको छैन’, उनले टेलिफोनमा भने ।

विद्यार्थीहरुले भने उनी वीरगञ्ज निवासी प्रथम वर्षमा अध्ययनरत् विद्यार्थी भएको बताएका छन् ।

गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् ।

आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे उनले दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । तर, कलेजले गम्भीरतापूर्वक नलिँदा उनले मृत्युको बाटो रोजेकी थिइन् ।

त्यसपछि प्रकृतिको न्याय माग्दै क्याम्पसमा नेपाली विद्यार्थीले गरेको प्रदर्शनमा कलेज प्रशासनले दमन गरेको थियो । कलेज प्रशासनको निर्देशनमा सुरक्षागार्डले नेपाली विद्यार्थीमाथि निर्घात कुटपिट गरेका थिए भने प्रशासनले होस्टल छाडेर जान निर्देशन दिएको थियो ।

प्रकाशित मिति : २०८२ वैशाख १९ गते शुक्रबार