पूर्वराजाका समर्थकद्वारा तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्वअनुमति लिई भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्रसमेत तोडी निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत यातायातका सवारी साधनमाथि तोडफोड भएको प्रहरीले जनाएको छ ।
प्रहरीले मानवीय र भौतिक क्षति भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै क्षतिको विवरणसमेत सार्वजनिक गरेको छ । तीनकुने घटनामा परी कीर्तिपुर–४ का सविन महर्जनको उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको घोषणा गरिएको प्रहरीले जनाएको छ । तीनकुनेस्थित मार्बल हाउसमा सुरेश रजक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सो घटनामा परी नेपाल प्रहरीका ५३ जना, सशस्त्र प्रहरी बलका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका थिए ।
यसैगरी नौ वटा सरकारी सवारी साधन, छ वटा सरकारी वा निजी नखुलेका सवारी साधनमा आगजनी भएको छ । विभिन्न १४ स्थानमा आगजनी भएको, नौ वटा संस्थामा तोडफोड र एक स्थानमा लुटपाट भएको जिल्ला प्रहरी परिसर प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।
मानवीय क्षतिः
मृत्यु २ (कीर्तिपुर-४, गाम्छा बस्ने वर्ष २९ को सविन महर्जन, कोटेश्वरस्थित प्रदर्शनको क्रममा घाइते भई शिक्षण अस्पताल महाराजगन्जमा १६:०५ बजे मृत्यु घोषणा, सुरेश रजक तीनकुनेस्थित मार्बल हाउसमा मृत अवस्थामा फेला)
नेपाल प्रहरी घाइते ५३
सशस्त्र प्रहरी घाइते २२
प्रदर्शनकारीतर्फ घाइते ३५
सवारी साधन क्षति:
सरकारी सवारी साधन ९
सरकारी/निजी नखुलेको सवारी ६
जम्मा १५
तोडफोड, आगजनी विवरण
आगजनीको संख्या १४
तोडफोड भएका संस्था एवं कार्यालय ९
तोडफोड तथा लुटपाट भएको संख्या १
आगजनी भएको स्थानः
१. तीनकुने अन्नपूर्ण कम्प्लेक्स,
२. मार्बल हाउस, तीनकुने
३. कोटेश्वर महादेवस्थान,
४. कार्गोको कम्पाउन्डभित्र,
५. कोटेश्वर गणेश चोक,
६. भाटभटेनीनजिक सरकारी गाडी,
७. जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र,
८. एकीकृत समाजवादी पार्टी कार्यालय,
९. बालकुमारीबाट काठमाडौंतर्फ करिडोर बाटो
१०. बानेश्वर पुल पारीपट्टि,
११. एयरपोर्टको फोहोरमा,
१२. इन्द्रेणी सहकारीको कार्यालय रहेको भवन, सिनामंगल
१३. रोयल रेस्टुरेन्ट, सिनामंगल
१४. एरोम्याक्सको कार्यालय रहेको भवन, सिनामंगल
तोडफोड भएका संस्था एवं कार्यालय
१. अन्नपूर्ण मिडिया हाउस, तीनकुने
२. कान्तिपुर मिडिया हाउस, बानेश्वर
३. केएमसी अस्पताल, सिनामंगल
४. सिनामंगलस्थित विमानस्थलअगाडि बन्दै रहेको नयाँ भवन
५. सिनामंगलमा रहेको नेपाल प्रहरीद्वारा जडित २ थान सीसीक्यामेरा
६. प्रहरी बिट, सिनामंगल, भत्केको पुल
७. प्रहरी प्रभाग, कोटेश्वर
८. ट्राफिक प्रहरी प्रभाग, कोटेश्वर
९. समाजवादी पार्टी कार्यालय, बागमती करिडोर





























प्रतिक्रिया दिनुहोस्