सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८१ मङ्सिर २९ गते शनिवार

नेपालले जित्यो एसियाली र्‍याफ्टिङमा स्वर्ण पदक



काठमाडौँ —नेपालले पहिला डब्लूआरएफ एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपमा स्वर्ण पदक जितेको छ । भारतको हिमाचल प्रदेशस्थित सिमलामा भएको प्रतियोगितामा नेपालले आरएक्स (हेड टु हेड) विधामा नेपालले भारतलाई पन्छाउँदै स्वर्ण जितेको हो ।

नेपालले फाइनलमा कुल १२० अंक बटुलेको थियो भारत बेलगाउँले १०८ अंक जोडेको थियो । भारत अलोङ टिम ९६ अंकसहित कांस्य जित्न सफल भएको थियो ।

नेपाली खेलाडीमा सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ, डम्बरबहादुर पुर्वाछाने रहेका छन् । वैकल्पिक खेलाडीमा दिपेश पुनमगर रहेका थिए । टिम प्रशिक्षकमा भीष्म थपलिया र म्यानेजर महेश थापा छन् ।

प्रकाशित मिति : २०८० फाल्गुन २६ गते शनिवार