सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८२ असोज २६ गते आइतबार

म्याक्सवेल आईपीएलबाट बाहिरिए



काठमाडौं । अस्ट्रेलियन अलराउन्डर ग्लेन म्याक्सवेल इन्डियन प्रिमियर लिग (आईपीएल) बाट बाहिरिएका छन् । दाहिने हातको औँलामा चोट लागेपछि पन्जाब किङ्ग्समा आबद्ध म्याक्सवेल आईपीएलको बाँकी खेलबाट बाहिरिएका हुन् ।

यो सिजनको आईपीएलमा म्याक्सवेलको प्रदर्शन सम्झनलायक रहेन । उनले ६ खेलमा ४ विकेट लिए पनि ब्याटिङतर्फ भने खराब प्रदर्शन गरे । अलराउन्डर म्याक्सवेलले ६ खेलमा जम्मा ४८ रन बनाए । उनी पछिल्ला ४ खेलमा १ अङ्कको स्कोरमा आउट भएका थिए । म्याक्सवेललाई पन्जाबले पछिल्लो मेगा अक्शनमा ४ करोड २० लाख भारुमा अनुबन्ध गरेको थियो ।

यस महिनाको शुरूमै न्युजिल्यान्डका तीव्र गतिका बलर गम्भीर चोटका कारण प्रतियोगिताबाट बाहिरिएकामा पन्जाबका लागि यो दोस्रो झड्का हो । पन्जाबले फर्गुसनको ठाउँमा खेल्ने खेलाडीको नाम घोषणा गरिसकेको छैन ।

प्रकाशित मिति : २०८२ वैशाख १९ गते शुक्रबार