सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८२ असोज २६ गते आइतबार

आईपीएल क्रिकेटमा आज दुई खेल : शीर्ष स्थानको गुजरातले पुछारको चेन्नईसँग खेल्दै



काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल ) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे गुजरात टाइटन्स र चेन्नई सुपर किङ्ग्सबीच हुनेछ । यो खेल अहमदाबादमा हुनेछ ।

१३ खेलमा १८ अङ्क रहेको गुजरात तालिकाको शीर्ष स्थानमा छ । चेन्नई समान १३ खेलमा ६ अङ्कसहित पुछारमा छ ।

आज हुने दोस्रो खेलमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्स खेल्दैछन् । यो खेल दिल्लीमा हुनेछ ।

आईपीएल क्रिकेटमा प्लेअफमा स्थान बनाएका चार टोलीमध्ये हिजो भएको खेलमा पन्जाब दिल्लीसँग अस्ति भएको खेलमा बेङ्गलुरु सनराइजर्स हैदराबादसँग र बिहीवार भएको खेलमा गुजरात लखनउसँग पराजित भयो ।

प्रकाशित मिति : २०८२ जेठ ११ गते आइतबार