
जाजरकोट । अस्पताल जाजरकोट मा भाईरल ज्वरोको बिरामी दिन दिनदिनै बढ्दै गएका छन । मौसम परिर्वतनका कारण अस्पतालमा भाइरल ज्वरो र रुघाखोकीको बिरामीहरुको चाप अहिले बढदै गएको भारल ज्वरोको बिरामी भदौमा ६८ जना र हालसम्म ५३ जना गरेर १३१ जना बिरामी अस्पतालमा भर्ना भएको अस्पतालमा कार्यरत स्टापनर्स नेप्लिजा पुनले बताईन । यसमा विशेष गरेर महिला बालबालिकाहरुलाई बढी प्रभावित भएका छन ।बालबालिका सँग रोगसँग लडने क्षमता कमि भएका कारण विशेषगरि बालबालिका प्रभावित भएको पुन जानकारी दिइन ।

यस्तै माैसम परिवर्तन हुदा पिउने पानी शुद्ध नहुदा खानपान मा सुधार नहुदा बिरामी बढेका हुन पानि शुद्धीकरण गरि पिउने सरसफाइ मा ध्यान दिने भाइरल ज्वरो आएका बिरामी नआत्तिन, झोलिलो पदार्थ बढी खान, खानपिन र सरसफाई लगायत स्वास्थ्य सुरक्षाका मापदण्डमा विशेष ध्यान दिन डा. दयाराम यादबको सुझाव छ । डेंगु बाट ६ जना प्रभावित भएको र अहिले अस्पतालमा डेंगु का रोगी बढेका छन हालसम्म डेंगुबाट ६ जना बिरामी रहेका छन । अरुरोगमा आउने ज्वरो भन्दा डेंगु रोगका बिरामी बढेका छन यो रोग लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु पनि हो । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका लक्षणहरु हुन् ।






























प्रतिक्रिया दिनुहोस्