सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ वैशाख १६ गते बुधबार

स्वाभिमान लघुवित्त २० प्रतिशत बोनस सेयर दिने – Online Khabar



१२ माघ, काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत बोनस सेयर दिने भएको छ । ११ माघ, बुधबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजी १२ करोड १७ लाख ८२ हजार १५० रुपैयाँको २० प्रतिशत बोनस सेयर लाभांशमा लाग्ने कर प्रयोजनको लागि १.०५२६ प्रतिशत गरी कुल २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

प्रकाशित मिति : २०७९ माघ १२ गते बिहीबार