सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ कात्तिक १२ गते बुधबार

बाढी पहिरो चल्दा देशभर ३६ सडक ठप्प



काठमाडौं । शुक्रबार रातिदेखि परिरहेको भारी वर्षाका कारण चलेको बाढी पहिरोका कारण देशभर ३६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

नेपाल प्रहरीले बाढी पहिरोका कारण बाटो अवरोध सम्बन्धी विवरण सार्वजनिक गर्दै बाढी पहिरोका कारण ३६ वटा सडक खण्डमा सवारी आवागमन ठप्प भएको जानकारी दिएको हो ।

काठमाडौं उपत्यकासँगै जोडिएको कान्ति लोकपथ र चित्लाङ मकवानपुर सडक पूर्ण रूपमा अवरुद्ध छ । कोशीको दक्षिण कोशी मार्ग र कोशी मार्गमा पनि यातायात ठप्प छ ।

प्रकाशित मिति : २०८१ असार २५ गते सोमबार