काठमाडौँ । आज दिउँसो देशभरको मौसममा उल्लेखनीय परिवर्तन देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, सबै प्रदेशका पहाडी भू–भागहरूमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ।
वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका धेरै स्थानहरूमा र बाँकी भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
त्यस्तै, कोशी, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा भने हल्कादेखि मध्यम वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको विभागले जनाएको छ।
प्रकाशित मिति : २०८२ असार १९ गते बिहीबार



































प्रतिक्रिया दिनुहोस्