सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८२ असोज २६ गते आइतबार

सुन प्रकरणकाे छानबिनका लागि छ सदस्यीय समिति गठन



भन्सार विभागले विना जाँच करिब एक सय केजी सुन बाहिरिएको प्रकरणको छानबिनका लागि छानबिन समिति गठन गरेको छ । भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरिएको सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिनुभयो । 

समितिलाई छानबिन गरी पाँच दिनभित्र आवश्यक प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । करिब एक सय केजी सुन भन्सार विभागको कार्यक्षेत्रबाट बाहिरिएपछि विभागका महानिर्देशक शोभाकान्त पौडेलले आज छानबिन समिति गठन गर्नुभएको हो । 

‘विभागका कर्मचारीले आवश्यक जाँच गरे पनि कहिलेकाहीँ प्राविधिक त्रुटिका कारण यस्तो अवस्था देखिनसक्ने भएकाले छानबिन समिति गठन गरिएको हो’, सूचना अधिकारी खड्काले भन्नुभयो ।

राजस्व अनुसन्धान विभागले बुधवार हिजाे सिनामङ्गलबाट करिब एक सय किलो सुन बरामद गरेको थियो । याे प्रकरणमा अहिलेसम्म छ जना पक्राउ परिसकेका छन् । बरामद गरिएको सुन परीक्षणका लागि आजै नेपाल राष्ट्र बैंक पठाइएको छ।

प्रकाशित मिति : २०८० साउन ४ गते बिहीबार